चैते दशैंको अवसरमा सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेशमा चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना सार्वजनिक गरी मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकको निर्णय अनुसार आज सार्वजनिक विदा दिइएको जानकारी गराएका हो ।
मन्त्रिपरिषद्ले गरेको विदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
