आगलागीमा परेर दिदीभाइको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ३,सोमबार १६:२०
file photo

अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहरा रहेका छन् ।

प्रहरीका अनुसार, सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती दुबै जनाको मृत्यु भएको हो ।

मृतक दुई जना दिदीभाई हुन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।