सफा हिमाल अभियान सुरु
काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण सुरु गरेको छ ।
बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको उद्घाटन गरेका हुन् ।
उक्त अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन समापन हुनेछ ।
ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे ।
उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको बताउँदै पछिल्लो वर्षहरूमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोरपनि थुप्रिन थालेकाले सरसफाइमा ध्यान पु¥याउनुपरेको उल्लेख गरे ।