हङकङको एक जिममा आगलागी, ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार १०:३४
सांकेतिक तस्वीर

हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी भएको छ ।

बुधबार जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो ।

उक्त आगलागीमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै आगलागीमा परेर १० जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आगो नियन्त्रणमा आइसकेको छ । –एजेन्सी