पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २९,बिहीबार ०९:१५
file-photo

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–१० स्थित दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाएको छ ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।