पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २७,मंगलवार १५:३६
file-photo

स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ ।

गल्याङ नगरपालिका– २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, युनिक ६ जना साथीहरुसँग पौडी खेल्न गएका थिए । यसनिक पानीको रहमा डुबेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

बिहान साढे १० बजेको समयमा रहमा बेपत्ता भएका उनी खोजी गर्दा मृत फेला परेका हुन् ।

उनको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको र प्रहरीले उनीसँगै पौडी खेल्न गएका उनका साथीहरूलाई सोधपुछ गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।