राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार १६:२९

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

गठबन्धनमा सहमति गरेर नै एमालेले उपाध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको उनको भनाई छ ।