प्रहरी जवान मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार १०:३४
सांकेतिक तस्वीर

धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा भेटिनेमा दार्चुलाको शैल्यशिखर–९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक रहेका छन् ।

प्रहरी जवान सुरुज धनगढी उपमहानगरपालिका–७ स्थित मनेहरा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी अनुसार, उनी बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा मत फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट विदा लिएर धनगढी आएको खुलेको छ । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।