गृह मन्त्रालयद्वारा ९ जना उपसचिवको सरुवा

तु खबर संवाददाता
२०८० चैत्र २१,बुधबार १५:५४

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालय अन्तरगत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो ।

जसअनुसार, विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ एक जना नयाँ उपसचिव सरुवा गरिएको छ ।

नयाँ मन्त्रीहरु आएसँगै उपसचिवहरुको सरुवा हुने क्रम बढेको छ ।

साथै मन्त्रालयले सहसचिवहरुको अन्तर मन्त्रालय सरुवाका लागि तयारी सुरु भएको जनाएको छ ।