मनहरीमा दुई दिने विद्यार्थी मूल्यांकन तथा सामाजिक परीक्षण तालिम

तु खबर संवाददाता
२०८० चैत्र २१, बुधबार १०:१०

मकवानपुर । मकवानपुरको मनहरीमा दुई दिने विद्यार्थी मूल्यांकन तथा सामाजिक परीक्षण तालिम आयोजना गरिएको छ ।

मनहरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी मूल्यांकन तथा सामाजिक परीक्षणमा सुधार ल्याउन उक्त तालिमको आयोजना गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाले पशुपतिनाथ माविमा आयोजित तालिममा ३२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिम उद्घाटन कार्यक्रम मनहरी गाउँपालिका सामाजिक विकास संयोजक अनन्तप्रकाश अर्यालको सभाध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, पशुपतिनाथ मावि ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुभक्त आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मंगलबारदेखि सुरु भएको तालिम आज समापन हुनेछ । आज विद्यार्थी मूल्यांकनका बारेमा सहजीकरण गरिने बताइएको छ ।