आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० चैत्र २१, बुधबार ०९:१४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै आज गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।