सभामुख घिमिरेको टोली स्वदेश फर्कियो

काठमाडौं । स्वीट्जरल्याण्ड गएका सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ ।
१ सय ४८ औँ आईपीयूको महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका उक्त टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो ।
टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराए ।
सभामुखसहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो ।
सभामुख घिमिरेको नेतृत्वमा संघीय संसद् सचिवालयका महासचिव पदमाप्रसाद पाण्डेय, सहसचिव एवम् प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सामेल छन् ।