सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १७:४७
file-photo

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको छ ।

गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले पनि यस्तो परिपत्र गरेको हो ।

यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा) को रूपमा परिचालन हुँदै आएका थिए ।

साथै प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।