पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । देशको दैलेख र धनुषा जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
यता धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित गङ्गा सागर पोखरीमा डुबेर बुधबार एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भइ हाल सोही उपमहानगरपालिका–८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झा रहेका छन् ।
डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
