रुखबाट लडेर वडा सदस्यको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र ७, बुधबार ०८:५९
सांकेतिक तस्वीर

धादिङ । धादिङमा रुखबाट लडेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मंगलबार मृत्यु भएको हो ।

दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए ।

वडाध्यक्ष पाण्डेका अनुसार, रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई तुरुन्तै उद्दार गरी उपचारको लागि धादिङ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका हुन् ।