बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार ०८:४३
file photo

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।

बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको जनाइएके छ ।

सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।

पूर्व सभापति समेत रहेका महरालाई भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको हो ।