एमाले गोरखा जिल्ला अध्यक्षमा थापा
गोरखा । नेकपा एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् ।
पार्टीको ८ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा कृष्ण नेपालीलाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले २८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालीले २०५ मत पाएका थिए ।
त्यस्तै, उपाध्यक्षमा मेनबहादुर अधिकारी, सचिवमा काजिराम रोका, उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् ।
खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।
