उपेन्द्रले पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १६:४०
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अध्यक्ष यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको यो दोस्रो पटक हो । यससँगै जसपाले अध्यक्ष यादवकै नेतृत्वमा नयाँ गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

बुधबार मात्रै सरकारमा तत्काल सहभागी नहुने भनिएको जसपाले अध्यक्ष यादवको नेतृत्वमा नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

जसपाका अध्यक्ष यादव यसअघि माओवादी–एमाले–एकीकृत भएर बनेको तत्कालीन नेकपाको सरकार हुँदा २०७५ जेठ १८ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । करिब डेढ वर्षपछि उनलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्री बनाइएको थियो ।