प्रचण्ड र खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ ।
यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।
सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । बैठकअघि नेता खनालले प्रधानमन्त्रीलाई भेट्नु पुगेका हुन् ।