मंगलबार ७० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । नयाँ सत्ता समीकरण बनेसँगै सोमबार उत्साह देखिको नेप्से मंगलबार भने गिरावट आएको हो ।
मंगलबार नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि सोमबार नेप्से ११७ अंकले बढ्दै २ हजार ७८ अंकमा उक्लिएको थियो ।
यसैगरी, मंगलबार कारोबारमा भने बढ्दै ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन ११७ अंकले नेप्से बढेको दिन जम्मा ३७ करोडको कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड बाहेक सबै उपसूचक ऋणात्मक भएका छन् । अघिल्लो दिन म्युचुअल फन्ड मात्र ऋणात्मक हुँदै बाँकी सबै उपसूचक धनात्मक भएका थिए ।
