नागरिक उन्मुक्ति पार्टीले आकस्मिक बैठक बोलायो 

तु खबर संवाददाता
२०८० फाल्गुन २२, मंगलवार ०८:५८
file-photo

धनगढी । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ । राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न आकस्मिक बैठक बोलाएको सो पार्टीले जनाएको छ ।

पार्टीका महासचिव गंगाराम चौधरीले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको जानकारी दिए ।

बैठक बिहान १० बजे काठमाडौंमा बस्ने गरी बोलाइएको उनले बताए । साथै बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको उनको भनाई छ ।