आईपीओ जारी गर्दै लोवर इर्खुवा हाइड्रोपावर कम्पनी

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्दैछ । कम्पनीले आईपीओ निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।
यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ७५० कित्ता शेयर निष्काशनको माग राख्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।