बालजागृतिलाई बालमैत्री विद्यालय घोषणा गर्ने तयारी

तु खबर संवाददाता
२०८० फाल्गुन १९, शनिबार ०९:५६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुललाई बालमैत्री विद्यालय घोषणा गर्ने तयारी अन्तिम तयारीमा पुगेको छ ।

आगामी फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गर्ने ष्री २६ वटा सूचक पूरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फछ् जानकारी गराएको हो ।

बालमैत्री विद्यालय घोषणाका लागि सबै सूचकहरु पूरा गरिएको र भव्य समारोहका बालमैत्री विद्यालय घोषणा गरिने विद्यालयका प्रधानध्यापक बिनोद सुवेदीले जानकारी दिए ।

फागुन २२ गते मंगलबार विहान बाल विशेषज्ञको साथमा स्वास्थ्य परीक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने र ११ बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने कार्यतालिका रहेको सुवेदीले बताए ।

विद्यालयमा एक हजार पाँच सय ३४ विद्यार्थी अध्ययनर रहेका र नर्सरी देखी कक्षा १० सम्म अध्यापन गरिने प्रधानाध्यापक सुवेदीले बताए ।

पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षता एवम् हेटौंडा–२ नम्बर वडाका कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो ।