हेटौंडा उपमहानरले ल्यायो अनलाइनमार्फत् गुनासो सुन्ने व्यवस्था
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अनलाइनमार्फत गुनासो सुन्ने व्यवस्था प्रणाली संचालनमा ल्याएको छ ।
सेवा प्रवाहमा भएका समस्याका साथै अन्य विविध समस्या र गुनासो राख्नको लागि अनलाईन तथा फोनमार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणाली संचालनमा ल्याएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले नगरवासीहरुलाई सेवा प्रवाह, स्थानीय विकास लगायत अन्य बिषयहरुमा परेको समस्याको बारे गुनासो गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई टार्दै उक्त व्यवस्था मिलाएको हो ।
उपमहानगरका अनुसार, इन्टरनेट सेवा मार्फत कार्यालय बाहेकको समयमा पनि http://gunaso.hetaudamun.gov.np मार्फत लिखित र ०५७–५९७००१ फोन मार्फत मौखिक गुनासाहरु रेकर्ड गराउँन सकिने जनाइएको छ ।
अहिलेको लागि नेपाल टेलिकमको टेलिफोन वा मोवाईल सेवा मार्फत गुनासोको भ्वाइस रेकर्ड गराउँन सक्ने छन् भने केही समय भित्रै अन्य सेवा प्रदायकहरुको फोन तथा मोवाईलबाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भइरहेको उपमहानगरपालिका सूचना शाखाले जनाएको छ ।