नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाद्वारा पुस्तक विमोचन

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १६:५९

मकवानपुर । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाले पुस्तक विमोचन गरेको छ ।

नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाले आज हेटौंडामा आयोजना गरेको आफ्नो सातौं ईकाई समिति अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रमबीच ‘वृन्दावन’ नामक पुस्तक विमोचन गरेको हो ।

कार्यक्रम नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका सभापति संकल्प सेढाईको सभाध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले कांग्रेसको मेरुदण्डको रुपमा चिनिने नेपाल विद्यार्थी संघ नै देश हाक्ने सशक्त युवा उत्पादन गर्ने भएकाले अबका दिनमा युवापुस्ताले सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माणमा आफु लाग्दै र अग्रजहरुलाई खबरदारी गर्न समेत सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाका निवर्तमान डिन बलराम भट्ट, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवाल, नेविसंघका केन्द्रीय सदस्यहरु मिलन पुडासैनी, सुजन सापकोटा, दिनेश कुमार शाही, वन विज्ञान अध्ययन संस्थान फरेष्ट्रीका सभापति ऋषि रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।