फागुन १ मा सार्वजनिक विदा छैनः गृह मन्त्रालय

तु खबर संवाददाता
२०८० माघ २९,सोमबार १६:०३

काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक विदा नरहेको जानकारी गराएको छ । मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सो बारे जानकारी गराएको हो ।

मन्त्रालयद्वारा प्रकाशित सूचनामा यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक विदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक विदा कायम नरहेको उल्लेख गरेको छ ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा प्रकाशित गरेको उक्त सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको विदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको विदा दिएको थियो ।

तर, सशस्त्र युद्धको सम्झनामा विदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको विदा खारेज गर्न परमादेश दिएको थियो ।