अमेरिकाले ८ लाखभन्दा बढी विदेशीलाई नागरिकता दियो
काठमाडौं । सन् २०२३ मा अमेरिकाले ८ लाखभन्दा बढी विदेशीलाई नागरिकता दिएको छ ।
युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता प्राप्त गरेका हुन् ।
जसअनुसार, मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जनाले अमेरिकन नागरिकता प्राप्त गरेका छन् ।
यसैगरी, क्युबाका ३३ हजार २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् ।
यीबाहेक अन्य देशहरूबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता प्राप्त गरेका छन् ।–एजेन्सी