सोमबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

तु खबर संवाददाता
२०८० माघ २९, सोमबार १५:३२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ स्थिर र चाँदीको मूल्य बढेको जानकारी गराएको हो ।

महासंघले हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम भएको र चाँदीको बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ ।

यसअघि आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।