माओवादी पदाधिकारी बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गरेका छन् ।
बैठक सोमबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी आह्वान गरिएको पार्टीका नेता गणेश साहले जानकारी दिए ।
नेता साहका अनुसार, पदाधिकारी बैठकले विधान अधिवेशनका एजेण्डा तय गर्नेछ ।
माओवादीको विधान अधिवेशन मंगलबारबाट सुरु हुँदैछ ।
