नवौँ जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
काठमाडौँ । नवौँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिता ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ सम्पन्न भएको छ ।
जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो ।
काठमाडौंमा आयोजित प्रतियोगिताबाट रविना गोले प्रथम भएकी छन् । मिसाकी जापानीज एन्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेसन सेन्टरबाट भाग लिएकी उनले प्रथम पुरस्कार ल्यापटप र शिल्ड प्राप्त गरिन् ।
त्यस्तै, हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकार द्वितीय र सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट सहभागी भएकी पारसमणि दाहालले तृतीय स्थान हाँसिल गरिन् । उनीहरुले क्रमशः ट्यावलइटसहित शिल्ड, मोबाइल प्राप्त गरेका छन् ।
साथै सहभागीहरूलाई सान्त्वना पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाहरूबाट १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।