बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
प्रदेश प्रमुख शर्मालाई आइतबार एक कार्यक्रमबीच मानव आयोगका निमित प्रमुख रेवा रेग्मीले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
निमित प्रमुख रेग्मीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेशन पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।