माओवादी संसदीय दलको बैठक मंगलबार पनि जारी रहने
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार पनि जारी रहने भएको छ । भोलि बिहान ९ बजेबाट सुरु हुने बैठक सिंहदरवारमा बस्ने जनाइएको छ ।
सोमबार बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए ।
उनले सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए । त्यसपश्चात १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।
बाँकी सांसदहरुले भने भोलि मंगलबार बिहान बस्ने बैठकमा आफ्नो धारणा राख्ने जनाइएको छ ।
