बागमती प्रदेश प्रमुख शर्माद्वारा सहिद दिवसको शुभकामना व्यक्त

तु खबर संवाददाता
२०८० माघ १६, मंगलवार ०८:४५

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक सन्देशमार्फत निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते मनाउने सहिद दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले सहिदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताए । सहिदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्ने प्रमुख शर्माले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

साथै उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गरेका छन् ।