राष्ट्रियसभा सदस्य निर्वाचन: बागमतीमा मतदान सकियो
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तगत मतदान प्रकृया सकिएको छ ।
प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रकृया अपराह्न ३ बजे सकिएको हो ।
उक्त मतदानमा ३४२ जनाले सहभागी जनाएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।
मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको थियो ।
केहीबेरमा सर्वदलीय बैठक बस्ने र मतगणना प्रकृयालाई अगाडि बढाइने र आजै बेलुका नतिजा सार्वजनिक गरिने उनले बताए ।
