प्रकाश पण्डितको स्वदेश गीत मुटुभित्र नेपाल सार्वजनिक

तु खबर संवाददाता
२०८० माघ २, मंगलवार १८:२३

काठमाडौँ । सर्जक प्रकाश पण्डितको मुटुभित्र नेपाल नामको स्वदेश गीत सार्वजनिक भएको छ । गीतका गायक थानेश्वर गौतमको युट्यूव च्यानलबाट शुक्रबार म्यूजिक भिडियोसमेत सार्वजनिक भएको हो ।

राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको गीतको म्युजिक भिडियो छोटो समयमा नै हजारौँ दर्शकहरुले रुचाएका छन् । लक्ष्मी पण्डितको प्रस्तुति रहेको सो गीतको म्यूजिक भिडियोमा महानायक राजेश हमालको अभिनय रहेको छ ।

सर्जक पण्डितले आम नागरिकमा देशप्रतिको माया ममता र आस्था बढाएर राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले मुटुभित्र नेपाल गीतको सिर्जना गरिएको बताए । उनले गीत सार्वजनिक भएपछि यसले नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्ने बताए ।

नेपालको राष्ट्रिय झन्डालाई चम्काउँदै सुरुवात गरिएको सो म्युजिक भिडियो सहितको गीतमा नेपाललाई चिर कालसम्म अमर राख्ने रहर पोखिएको छ ।

मर्दा पनि मुटुभित्र नेपाल ‘नेपाल‘.नेपाल भनी लेख्ने रहर छ ’भन्ने लय सहितको गीतले स्रोता तथा दर्शकलाई मन्त्रमुग्ध पारेको छ ।
‘चन्द्र सूर्य आकाशमा रहेसम्म मेरो मुलुक बाँचोस्’ गीतमा उल्लेख छ । नेपाल अजर अमर रहनुपर्ने सन्देश प्रवाह गर्दै समुन्द्रदेखि अकाश जहाँ जादा पनि देशकै झन्डा बोक्ने रहर गीतमा व्यक्त गरिएको छ । सर्जक पण्डित काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हुन् ।