हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार ०९:०५

मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार अपराह्नमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीस्वारास्थित मधेश प्रदेश ०३–००१ त ६९८७ नम्वरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई भिरबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टर चालक बाराको निजगंढ नगरपालिका वडा नम्वर १३ बस्ने अन्दाजी २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटांैडा–१६, पानीस्वारा बस्ने अन्दाजी ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबै जना घट्नास्थलमानै मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।