सातामा ८०० रुपैयाँले वृद्धि भयो सुनको भाउ

तु खबर संवाददाता
२०८० मंसिर ९, शनिबार १६:१३

काठमाडौं । यस साता नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार, गत साताको तुलनामा यो साता सुनको भाउ प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ थियो ।

सो मूल्य बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य १ लाख १८ हजार ३०० पुगेको महासंघले जनाएको छ ।

यसैगरी, यस साता चाँदीको भाउ भने स्थिर रहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ४५० रुपैयाँ कायम थियो । जुन, हिजो शुक्रबार समेत यही मूल्यमा कारोबार भएको थियोे ।