साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार १५:४४

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।