एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार १५:३७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको आइतबार निधन भएको छ ।

गैरेको हृदयघातका कारण निधन भएको सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

गैरेको अल्का अस्पताल ललितपुरमा निधन भएको हो । सविच श्रेष्ठले एक शोक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।

साथै श्रेष्ठले स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।