आश्रममा आगलागी हुँदा २५ लाखको क्षति
सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा शनिबार साँझ आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
विद्युत तार सर्ट भई आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर उक्त रकम बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
