कमाने टि–१० प्रिमियर लिग आजबाट सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा आजबाट दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ ।
उक्त प्रतियोगिता कमाने क्रिकेट क्लबको आयोजनामा सुरु भएको हो ।
क्लबको अध्यक्ष किशोर खत्रीको सभाध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा ६ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको आज पहिलो दिन भएको उद्घाटन खेलमा कमाने हन्टर्स क्रिकेट क्लबले विजयी हाँसिल गरेको छ ।
सो प्रतियोगिता आगामी मंसिर ३ गतेसम्म संचालन हुनेछ ।