एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुलाई राहत स्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई पार्टीले २५ लाख रुपैयाँ आर्थिक रकम सहयोग गर्ने बताउँदै सो रकम सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी गराए ।
उक्त रकम एकीकृत समाजवादीले पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिका साथै कार्यकर्ताहरुबाट संकलन गर्ने भएको हो ।
पार्टीले भूकम्प प्रभावितका लागि उद्धार र राहतमा सहयोग गर्न यसअघि पार्टी उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई खटाइसकेको उनले बताए ।
