हात्तीको बङ्गारासहित पक्राउ

झाप । झापा प्रहरीले हात्तीको बङ्गारासहित गएराति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा नगरपालिका–७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् ।
प्रहरीले उनीहरुलाई ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल हात्तीको बङ्गारासहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी पुगेको थियो । थप अनुसन्धानको क्रममा उक्त बङ्गारा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाई पनि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।