सरार्फ हत्या प्रकरणः पाँच आरोपी सार्वजनिक

तु खबर संवाददाता
२०८० कार्तिक १५, बुधबार १७:४६

बारा । बारामा गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्वर ६ मदर्शामा सोमबार दिउँसो गोली हानी रुपेश सरार्फ (गुड्डु) को हत्या भएको थियो । सोही घटनामा संलग्न रहेका पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको हो ।

प्रहरीले विवाहेत्तर प्रेम सम्बन्धका कारण सरार्फको हत्या भएको निष्कर्षसहित उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार, उक्त हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको देखिएपनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

अन्य व्यक्तिहरुसँग पनि सोधपुछको कार्य भइरहेको प्रहरी जनाएको छ ।

पक्राउ परेका राधा मृतक सरार्फको पूर्व प्रेमी रहेको खुल्न आएको छ । उक्त घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिएको प्रहरीले जनाएको छ ।