दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु
भरतपुर । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामा रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक लामा गम्भीर घाइते भएका थिए ।
घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मृतक लामाको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
