राष्ट्रिय सभाको बैठक आह्वान

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार ०९:३४
file-photo

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजेर १ मिनेट जाँदा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।