दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला

तु खबर संवाददाता
२०८० आश्विन २२,सोमबार ०९:५५
file photo

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजबाट खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो ।

बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।