हेटौंडाको ४ स्थानमा नागरिक सहायता कक्ष स्थापना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विभिन्न चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
नागरिक तथा यात्रुहरुलाई आवतजावतमा सहजताका लागि हेटौंडा बजारको ४ वटा स्थानमा उक्त कक्ष स्थापना गरेको मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार, यात्रुहरुलाई ठगिन नदिन हेटौंडा उपमहानगरपालिका क्षेत्रको बसपार्क, पिपल बोट, रातमाटे चेकपोष्ट र थानाभर्याङमा ट्राफिक प्रहरीसहितको नागरिक सहायता कक्ष संचालन गरिएको हो ।
सो सहायता कक्षबाट यात्रुबाहक सवारी साधनहरुले बढी भाडा असुल्ने कार्यलाई निरुत्साहित गर्ने र सादा पोशाकमा प्रहरी परिचालन गरि सूचना संकलन र कानूनी कारवाही गर्ने प्रहरीको योजना रहेको प्रहरी उपरीक्षक रिजालले बताए ।
सहायता कक्षबाट सवारी साधनहरुले यात्रुसंग गर्ने व्यवहार, सिट क्षमताको कार्यान्वयन, आरक्षण सिटको कार्यान्वयन, चालक परिवर्तन, भाडा असुली, सवारीको सामान्य मेकानिकल अवस्था लगातयको अनुगमनका साथै सवारी दुर्घट्ना न्यूनिकरणमा काम गर्ने प्रहरीको तयारी रहेको छ ।
