मकवानपुरमा एक पुरुष मृत अवस्थामा फेला

२०८० आश्विन १४,आईतवार १५:५८

मकवानपुर । मकवानपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ देवटार बस्ने ५३ वर्षीय भिमलाल स्याङ्तान मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, स्याङ्तान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।