आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार १५:५१

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ अंकले घटेर १९७१ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा ६७ लाख २३ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजारको कारोबार भएको छ ।

यस्तै, आज १० कम्पनीको शेयरमूल्य बढ्दा २२० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको छ ।